बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

विपन्न परिवारलाई न्यानो कपडा वितरण

बुधबार, २२ पुस २०७२, १० : ३५
बुधबार, २२ पुस २०७२

वीरगन्ज–जाडो र शीतलहरबाट अति प्रभावित पर्साको सिर्सिया खल्वाटोला गाविसका अतिगरिब, विपन्न र निःसहायलाई कम्बलसहित न्यानो कपडा वितरण गरिएको छ ।

लायन्स क्लब अफ डायमन्ड वीरगन्जले सो गाविसमा रहेका अतिगरिब र विपन्न समुदायका ७० जनालाई न्यानो कपडा र कम्बल मङ्गलबार यहाँ आयोजित कार्यक्रममा वितरण गरेको हो । अत्यधिक चिसो र शीतलहरबाट प्रभावित अतिगरिब र विपन्न समुदायलाई लक्षित गरेर स्थानीय समाजसेवी मुकेश सराबगीको पहलमा वीरगन्जका उद्योगी–व्यापारीबाट सङ्कलन गरिएको उक्त परिणामको न्यानो लुगा वितरण गरिएको हो ।

सो अवसरमा सभासद् रमेश पटेल कुर्मी र समाजसेवी मुकेश सराबगीले कुनै पनि धर्मको मूल चुरो मानवतालाई संस्थागत गर्नु हो भन्दै मानवताको बाटोमा हिँड्न सके समाज, राष्ट्र र विश्वमा शान्ति स्थापना हुने बताउनुभयो । कार्यक्रममा लायन्स क्लब डायमन्डका अध्यक्ष राजकुमार दारुका, सदस्य पवन भङ्गेडिया, समाजसेवी निर्मल सराबगीलगायतले मानवीय कार्यमा लाग्न समाजका सचेत वर्गलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप