बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

मन्त्रालय फुटाउनु सरकारको बाध्यता : सचिव भट्टराई

बुधबार, २२ पुस २०७२, १२ : १४
बुधबार, २२ पुस २०७२

भीमदत्तनगर–नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मन्त्रालय फुटाउनु वर्तमान सरकारको बाध्यता रहेको बताएका छन् ।

प्रेस चौतारी कञ्चनपुरले आज भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मन्त्रिमण्डल जम्बो बनाउनुका साथै मन्त्रालय टुक्रयाउनु सरकारको बाध्यता रहेको बताए ।

“हामीले पनि यस विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थियौँ”– एमालेको प्रचार विभाग प्रमुखसमेत रहेका सचिव भट्टराईले भने, “यो आजको निम्ती राम्रो कुरो होइन ।”

संसद्मा बढी सङ्ख्या भएको नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने भएपछि अन्य विभिन्न दललाई समेटेर सरकार निर्माण गर्नुपर्ने भएपछि मन्त्रिमण्डल ठूलो र मन्त्रालय फुटाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

मधेसमा देखिएको असहमतिका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताउँदै उनले प्रादेशिक सीमाकङ्नको विषय राजनीतिक समिति बनाएर हल गर्नुपर्नेमा जोड दिए । “अहिलेको सात प्रदेश कुनै हालतमा हेरफेर हुदैन”, उनले भने ।

आन्दोलन मधेसी मोर्चाका नेताको हातमा नरहेको बताउँदै उहाँले आन्दोलन सीमामा काठ, इन्धनलगायत तस्करी गर्नेको हातमा रहेको जिकिर गरे । “दिनमा सीमामा धर्ना बस्ने, राति तस्करी गर्नेको हातमा आन्दोलन गइसकेको छ”– सचिव भट्टराईले भने– “त्यस्तो प्रवृत्तिमाथि सरकारले नियन्त्रण गर्नुपर्छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप