बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पटकपटक अनुत्तीर्ण हुने विद्यार्थीका लागि विकल्प खोजिदैँ

बुधबार, २२ पुस २०७२, १२ : ३४
बुधबार, २२ पुस २०७२

काठमाडौं–पटकपटक मेडिकल काउन्सिलको नाम दर्ता परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीका लागि नयाँ विकल्पका बारेमा छलफल सुरु भएको छ ।

काउन्सिलले चिकित्सकको गुणस्तरमा धेरैपटक कुरा उठ्न थालेपछि पटकपटक अनुत्तीर्ण हुने विद्यार्थीका लागि के गर्ने भन्ने विषयमा छलफल सुरु गरिएको मेडिकल काउन्सिलका रजिष्ट्रार डा दिलीप शर्माले बताए ।

उनले भने—‘बाहिर काउन्सिलले लगातार तीन वर्ष अनुत्तीर्ण हुनेलाई ‘लाइसेन्सिङ’ परीक्षामा बस्न नदिने भन्ने भ्रमपूर्ण समाचार आएको छ । अहिलेसम्म यस्तो किसिमको कुनै पनि निर्णय गरिएको छैन ।’

लगातार अनुत्तीर्ण हुने विद्यार्थीको लगानी र अध्ययनलाई मर्का नपार्ने गरी निर्णय गरिने रजिष्ट्रार शर्माले जानकारी दिए ।

चिकित्सा शास्त्र पढेका विद्यार्थीले काउन्सिलको लाइसेन्सिङ परीक्षा पास नगरेसम्म चिकित्सकीय अभ्यास गर्न नपाउने प्रावधान छ ।

हाल काउन्सिलले वर्षमा तीन पटकसम्म एम बिबिएस उत्तीर्ण गरेका विद्यार्थीलाई परीक्षामा बस्न पाउने व्यवस्था गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप