बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

काँग्रेस उपसभापति पौडेल र भारतीय नेताहरुबीच भेटवार्ता

बुधबार, २२ पुस २०७२, १९ : ४०
बुधबार, २२ पुस २०७२
    काठमाडौँ,- भारत भ्रमणमा रहनुभएका नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आज भारतीय नेताहरुसँग भेटघाट गरेका छन। उपसभापति पौडलले आज नयाँ दिल्लीमा भारतीय गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुषमा स्वराज, भारतीय जनता पार्टीका उपाध्यक्ष तथा महासचिवलगायत नेतासँग भेटवार्ता गर्नुभएको उनको निजी सचिवालयले जनाएको छ । भेटवार्ताका क्रममा दुई मुलुकबीचको आपसी सम्बन्ध र हाल नेपालको सिमानामा देखिएको आपूर्तिको असहजताबारेमा समेत छलफल भएको थियो । उपसभापति पौडेलले भ्रमणका दौरान नेपालका लागि भारतका पूर्वराजदूत एवम् भारतीय प्रधानमन्त्रीका प्रमुख सुरक्षा सल्लाहकारलगायतसँग भेटवार्ता गर्ने बताइएको छ । उपसभापति पौडेल पतञ्जलि योगपीठको कार्यक्रममा सहभागी हुन यही पुस २० गते पाँचदिने भ्रमणका लागि भारत जानुभएको हो । काँग्रेसको आसन्न १३औँ महाधिवेशन नजिकिँदै गर्दा सभापतिका उम्मेदवार ठानिएका उपसभापति पौडेलको भारतीय नेतासँगको उच्च भेटवार्तालाई यहाँ महत्वका साथ हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप