बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सहमति नभए संविधान संशोधन प्रस्ताव पारित गरेर सरकार अघि बढ्छ – वरिष्ठ नेता खनाल

बुधबार, २२ पुस २०७२, १९ : ४७
बुधबार, २२ पुस २०७२

भक्तपुर- पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले संविधानका विवादित विषयमा मधेसी मोर्चासँग सहमति नबने संविधान संशोधन प्रस्ताव पारित गरेर अगाडि बढ्ने बताकाए छन् ।

आज जिल्ला विकास समिति भक्तपुरले सूर्यविनायकमा आयोजना गरेको ‘नेपालको संविधान जनताको संविधान ः जनताको संविधान जनताकै माझमा’ राष्ट्रव्यापी प्रचार अभियानमा बोल्दै उहाँले अब संविधान संशोधन प्रक्रिया नरोकिने दृढता प्रकट गरे ।

“संविधानका विवादित विषयमा केही दिन अझै सहमतिको प्रयास हुँदैछ, कार्यदलमा हुने छलफलमा सहमतिको प्रयास हुन्छ,” खनालले भने – “सहमति भयो भने ठीक छ । सहमति नभए पनि तीन बुँदे संविधान संशोधन प्रस्ताव पारित गरेर अगाडि बढ्छाँै ।”

उनले भने – “केही तत्व सीमाङ्कनको विवाद ल्याएर घोषणा भइसकेको संविधानलाई पुनःलेखन गर्न सकिन्छ कि भनेर बिथोल्न खोज्दै छन् । आन्दोलनका नाममा तोडफोड गर्ने, ढुङ्गा हान्ने, बन्द गर्ने गर्दैछन् । अब जे गरे पनि संविधानलाई तलमाथि गर्न सक्दैन ।”

मधेसी मोर्चाले अङ्गिकृत नागरिकता पाउनेलाई पनि देशको मुख्यमुख्य पदमा जान पाउनुपर्ने भनी राखेको माग कुनै हालतमा पूरा गर्न नसक्ने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप