मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

खानाबार : नेपाली स्वादका लागि ‘नेपाली भोजन’

शुक्रबार, २४ पुस २०७२, २० : ०४
शुक्रबार, २४ पुस २०७२
काठमाडौ– काठमाडौंको लाजिम्पाट चोकबाट झण्डै १५० मिटर पर र्याडिसन लेनमा अवस्थित छ, नेपाली भोजन । यो रेस्टुरेन्ट खोलेको लगभग डेढ वर्ष जति भयो । हुन त र्याडिसन होटल नजिकै भएकाले त्यहाँ रेस्टुरेन्टहरुको कुनै कमी छैन तर नेपाली भोजन त्यहाँका रेस्टुरेन्टहरु भन्दा भिन्न छ । नेपाल र नेपाली संस्कृतिलाई विश्व सामु परिचित गराउने उदेश्यले खोलिएको नेपाली भोजन रेस्टुरेन्ट निकै कम समयमा पर्यटकहरु माझ प्रिय बन्न पुगेको छ । २ करोडको लगानीमा खोलिएको यस रेस्टुरेन्टका भित्रि बनावट देखि लिएर सम्पुर्ण साज सज्जामा नेपालीपन झल्कन्छ । रेस्टुरेन्टको मुल ढोका पुरै छ्वालीले बनेको छ । गेटबाट नजिकै बायाँ पट्टि बस्ने ठाँउ छ जहाँ सुकुलहरु ओछ्याइएका छन् । रेस्टुरेन्ट छिर्ने ढोकामा ठुला ठुला सुकुन्दाहरु राखिएका छन् । रेस्टुरेन्टमा आउने सम्पुर्ण ग्राहकहरुलाई नेपालका विभिन्न जातका पोशाकमा सज्जित मानिसहरुले टिका लगाई दिएर रेस्टुरेन्टमा स्वागत गर्छन् । रेस्टुरेन्टको नाम अनुसार यहाँका हरेक कुरामा नेपालीपन झल्कन्छ । यहाँका झ्याल, ढोकाहरुमा कलात्मक बुट्टाहरु कुदिएका छन् । झयालका पर्दाहरु नेपाली ढाकाबाट बनेको छ र भित्तामा पनि रातोमाटो र कमेरोले पोतिएको छन् । गाँउघरको वातावरण सम्झाउने गरी भित्तामा खोपाहरु बनाइएका छन् । नेपाली भोजनमा नेपालभरीका विभिन्न जातजातिका नृत्यहरु पनि देखाइन्छ । ‘यहाँका स्पेशल खाना नेपाली हो । तर हामीले पर्यटकहरुको लागि भनेर सिक्सकोर्स राखेका छौँ । सिक्स कोर्स नेपाली खानाको प्याकेज हो । यसमा मुस्ताङको आलु, चिकेन छोयला, चिकेन मःम, क्वाँटी,दालभात तरकारीको थाली र डेर्जट आदि छन् । हामीले यस कोर्सको सहायताबाट यहाँ आउने खानाका पारखीहरुलाई समग्रमा नेपालभरीका विभिन्न जातजातिले खाने खानेकुराको स्वाद दिने कोसिस गरेका छौँ र स्वादका लागि मरमसलाहरु प्नि सिलौटामा पिन्छौँ, गा्रहकहरु दोहो¥याई दोहो¥याई आउँछन्,’ म्यानेजर दिपक तामाङ भन्छन् । यसका साथै यहाँ कन्टिनेन्टल, इन्डियन र चाइनिज खाना पाइन्छन् । यहाँ जम्मा जम्मी २२ जना स्टाफहरु छन् साथै पर्किङ्गको पनि सुविधा रहेको छ । [caption id="attachment_24212" align="alignleft" width="840"] [/caption]

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप