बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

स्वास्थ्यकर्मी अभावले सेवामा समस्या

शनिबार, २५ पुस २०७२, ११ : ४४
शनिबार, २५ पुस २०७२

धादिङ–ग्रामीणस्तरका स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी नहुँदा स्वास्थ्य सेवा प्रभावित भएको छ । उपस्वास्थ्य चौकी स्वास्थ्य चौकीमा परिणत भएपछि आवश्यक जनशक्ति जिल्लामा उपलब्ध नहुँदा उपचार सेवामा समस्या आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवनकुमार मल्लले बताए । ग्रामीण तहमा रहेका स्वास्थ्य चौकीमा कार्य गर्ने हेल्थ असिस्टेन्ट २५, अहेब ६२ र अनमी ६१ जना अभाव रहेको जिल्ला स्वास्थ्य प्रमुखको भनाइ छ । भूकम्पले क्षतविक्षत जिल्लाका ३३ स्वास्थ्यचौकी निर्माण नभएकाले पालबाट सेवा दिइरहेको अवस्थामा गाउँमा रहेका यस्ता स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभएकाले केहीमा परिचरले सेवा दिनुपर्ने अवस्था आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । गाउँमा स्वास्थ्यकर्मी नभएका कारण धुवाँकोट लगायत गाविसमा गत महिना खोप सेवा समेत प्रभावित भएको थियो । स्वास्थ्यका कर्मचारीको अभावसँगै जिल्लामा हुने तालिम र गोष्ठीले समेत स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप