बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बहुलाएर गाउँ छिरेको स्याको आक्रमणबाट ७ जना घाइते

शनिबार, २५ पुस २०७२, १२ : १०
शनिबार, २५ पुस २०७२
दाङ–स्यालको आक्रमणबाट सात जना घाइते भएका छन् । तुलसीपुर–८ कटकुयामा स्यालको टोकाइबाट स्थानीयवासी गोमा गौतम, पुष्पराज गौतम, खिमलाल भण्डारी, गिरिराज लामिछाने, सरस्वती लामिछाने, वृद्धिराम चौधरी र विन्दु चौधरी घाइते भएको स्थानीयवासी कान्तप्रसाद खरेलले जानकारी दिए । बहुलाएर गाउँ छिरेको स्यालले घरमा बसिरहेका तथा बाटामा हिँडिरहेका स्थानीयवासीलाई आक्रमण गरेको थियो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप