मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

“सुन्दरीजललाई सुन्दर बनाऔँ”

शनिबार, २५ पुस २०७२, १२ : १६
शनिबार, २५ पुस २०७२

काठमाडौँ– गुह्येश्वरीमाथिको वाग्मती सफाइमा क्रियाशील विभिन्न सङ्घसंस्थाले यस क्षेत्रमा सफाइको १००औँ हप्ता पुगेको अवसरमा आज विशेष सफाइ गरेका छन् ।

राम्रो जोरपाटी हाम्रो जोरपाटी, माकलबारी टोल सुधार समिति र पुडासैनी मैत्री समाजलगायत संस्थाको आयोजनामा सञ्चालित आजको सफाइमा हजारौँको सहभागिता थियो ।

विसं २०७० जेठ ४ गतेदेखि सुरु भएको सफाइ महाअभियान १३९ हप्तासम्म निरन्तर भएको र गुह्येश्वरीमाथिको भागमा विशेष अभियानका साथ सफाइ गरी १०० हप्तासम्म निरन्तर जनचेतना जगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै ती संस्था र सांसद रामेश्वर फुयाँललाई सो अवसरमा सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद फुयाँलले वाग्मती सफाइका साथै राजनीतिक र सामाजिक सफाइको अभियान थाल्ने समय आएको बताए । पूर्वमुख्यसचिव पौड्यालले सुन्दरीजललाई नामजस्तै सुन्दर बनाउन स्थानीयवासी जागरुक हुनुपर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप