बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

एउटै भवनमा दुई विद्यालय चलाएपछि कारबाही

शनिबार, २५ पुस २०७२, १३ : ३४
शनिबार, २५ पुस २०७२

इटहरी– इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा एउटै भवनमा दुईवटा विद्यालय अनधिकृत रुपमा सञ्चलनमा आएको फेला परेपछि जिल्ला शिक्षा कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ ।

सो भवनमा सञ्चालित इटहरी आवासीय मावि र प्रेरणा एकेडेमीलाई कार्यालयले कारबाही अघि बढाएको हो । शिक्षा कार्यालयलाई समेत थाहा नदिई अनधिकृत रुपमा विद्यालय सञ्चालन गरिरहेको भन्ने उजुरीका आधारमा ती दुवै विद्यालयमाथि छानबिन र कारबाही अघि बढाइएको हो ।

शिक्षा कार्यालयबाट आएको टोलीले अनधिकृत रुपमा सञ्चालनमा रहेको कक्षा ७ र ८ को कक्षा तत्काल बन्द गर्न निर्देशन दिएको छ । कक्षा ७ र ८ सञ्चालनको स्वीकृति नै नलिई कक्षा सञ्चालन गरिरहेको पाइएपछि विद्यालय सञ्चालकलाई तत्काल कक्षा बन्द गर्न आदेश जारी गरिएपछि विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद सिग्देलले अहिले वार्षिक परीक्षा नजिक आइरहेकाले यो वर्ष कक्षा बन्द नगराइदिन टोलीसमक्ष अनुरोध गर्दै आगामी वर्ष भने कक्षा सञ्चालन नगर्ने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप