मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

काँकडभिट्टा भएर आउने पर्यटकको सङ्ख्यामा गिरावट

शनिबार, २५ पुस २०७२, १४ : ००
शनिबार, २५ पुस २०७२

झापा–लामो समयसम्म नाकाको अवरोध, भूकम्प र बन्द हडतालका कारण सन् २०१५ मा पूर्वी नाका काँकडभिट्टा भएर नेपाल भित्रिने पर्यटकको सङ्ख्या घटेको छ ।

नेपाल पर्यटक बोर्डको काँकडभिट्टा कार्यालयका अनुसार सन् २०१४ को दाँजोमा २०१५ मा यस नाकाबाट भित्रिने तेस्रो मुलुकका पर्यटकको आगमनमा १० प्रतिशतले गिरावट आएको छ ।

सन् २०१४ मा यस नाकाबाट नौ हजार ९६७ जना तेस्रो मुलुकका पर्यटक भित्रिएका थिए भने २०१५ मा यो सङ्ख्या घटेर आठ हजार ९३० जना रहेको छ ।

भारतको कोलकत्ता, दार्जीलिङ र सिक्किम हुँदै विदेशी पर्यटक काँकडभिट्टबाट अध्यागमन प्रक्रिया पूरा गरेर नेपाल भित्रिने गरेका छन् ।

पूर्वी नाकाबाट भित्रिने तेस्रो मुलुकका पर्यटकमध्ये सबैभन्दा धेरै सङ्ख्या बङ्गलादेशी नागरिकको रहेको छ । यस नाकाबाट भित्रिने पर्यटकको आधाभन्दा बढी सङ्ख्या बङ्गलादेशकै रहेको पर्यटन बोर्डकी सूचना अधिकारी सुष्मिता दाहाल बताउँछन् ।

उहाँका अनुसार सन् २०१४ मा पाँच हजार ३२८ र २०१५ मा पाँच हजार ५५ जना बङ्गलादेशी पर्यटक नेपाल भित्रिएका छन् । त्यसपछि अमेरिका, बेलायत, भुटान, डेनमार्क, दक्षिण कोरिया, अस्ट्रेलिया, जापानलगायतका मुलुकका नागरिक उल्लेख्य सङ्ख्यामा काँकडभिट्टा नाकाबाट नेपाल भित्रिने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप