बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पुर्वमन्त्री पाण्डेको कृति ‘कुटनीति र राजनीति’ को चर्चा

आइतबार, २६ पुस २०७२, ११ : १५
आइतबार, २६ पुस २०७२

चितवन–पुर्वमन्त्री तथा परराष्ट्र विज्ञ रमेशनाथ पाण्डेको पहिलो पुस्तक ‘कुटनीति र राजनीति’ को विषयमा चितवनमा साहित्यकारहरु विच साक्षात्कार भएको छ । कविडाँडा साहित्य समाजको आयोजनामा शनिवार उक्त कार्यक्रममा पुर्व मन्त्री पाण्डेले नेपाल भारतको सम्वन्धमा एउटा रेखा कोरिएको भन्दै राजनीति भन्दा कुटनीति कमजोरहुँदा अन्तराष्ट्रिय सम्वन्धमा असर परेको जिकिर गरे । कुटनीतिमा दख्खल राख्नुहुने पाण्डेले संविधान निर्माणका क्रममा असल नियत हुँदाहुँदै पनि प्रक्रियागत समस्याका कारण यो अभाव झेल्नुपरेको धारणा राखे । उनले चुलो नबल्दा समेत नेपाली जनता चुप लागेर बस्नु सरकारको लोकप्रियता नभई राष्ट्रप्रतिको समर्पण भएको उल्लेख गरे । नेपालको राष्ट्रिय मामिला तथा कुटनीति र राजनीतिको यथार्थ चित्रण गरिएको पुस्तक पाण्डेले आफ्नो अनुभवको आधारमा तयार पारेका थिए ।

पुस्तकमा १७ सालको सेरोफेरो, ईरान क्रान्ति, गिरफतारी, १९५० को सम्झौता, नाकाबन्दी, दरबार हत्याकाण्ड, नेपाल भारत सम्वन्ध, लगायत शिर्षकका लेखहरु समाबेश छन् । चितवनका रमाकान्त सापकोटा र विनोद खण्ड तिमिल्सीनाले पुस्तकको टिप्पणी गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप