बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

शरणार्थीको सहयोगका लागि राष्ट्रसंघको आग्रह

आइतबार, २६ पुस २०७२, ११ : ५५
आइतबार, २६ पुस २०७२

नैरोबी–केन्यामा रहेको सोमालियाली शरणार्थी शिविरका नागरिकलाई सहयोगका लागि संयुक्त राष्ट्रसंघले आग्रह गरेको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगले सो आग्रह गरेको समाचारमा जनाइएको छ । उक्त शिविरमा फैलिएको हैजाबाट कैयौँ नागरिकको ज्यान गएको थियो ।

उक्त आयोगले सहयोगका लागि दाताहरुसँग आग्रह गरेको हो । हैजाका कारण नागरिकको ज्यान जानु दुःखद हो भन्दै यसको निराकरणका लागि सबैको ध्यानाकर्षण गराएको हो ।

केन्याको नैरोबीमा रहेको सोमालियाली नागरिकको शरणार्थी शिविर विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविर हो । गएको नोभेम्बर महिनामा हैजाको प्रकोप फैलिएको थियो । सो प्रकोपका कारण अहिलेसम्ममा १० जनाको ज्यान गएको संयुक्त राष्ट्रसङ्घीय अधिकारीले जनाएका छन् ।

नैरोबीको उत्तरपूर्वी क्षेत्र दबाबमा रहेको सो सोमालियाली शरणार्थी शिविरमा करिब तीन लाख ५० हजार सोमालियाली नागरिक बस्ने गरेका छन् ।

उक्त शिविरमा धेरै सङ्ख्यामा नागरिक भएकाले खानपानमा सरसफाई हुन नसकिरहेको तथा बसाई नै अत्यन्तै अव्यवस्थित पनि भएकोले हैजा फैलिएको जानकारी दिइएको छ ।

शिविरमा सरसफाइको काम थालिएको छ र शरणार्थीलाई पहिलो चरणमा सावुन र सफा पानी वितवरणको व्यवस्था मिलाइएको छ– सो आयोगका एकजना अधिकारीले जनाएका छन् ।

यस अघि पनि सो शिविरमा हैजाको प्रकोप फैलिएको थियो । त्यसका कारण कैयौँ नागरिकको ज्यान गएको थियो ।

विशेषगरी निकै नै साँघुरो बसाई र सरसफाइका लागि न्युनतम वातावरण पनि नबनाउँदा यस्तो अवस्था आएको विगतमा पनि शरणार्थीको रेखदेखमा खटिएका राष्ट्रसङ्घीय शरणार्थी अधिकारीले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप