बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सात महिनादेखि अन्धकार

आइतबार, २६ पुस २०७२, १३ : १६
आइतबार, २६ पुस २०७२

खोटाङ–जिल्लाको दक्षिणी गाविस बोपुङवासी सात महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् ।

गत असारमा गएको पहिरोले क्षति पु¥याएको लघुजलविद्युत् योजना आर्थिक अभावका कारण मर्मत गर्न नसक्दा बोपुङका २५० घरपरिवार अन्धकारमा बस्न बाध्य भएका हुन् । विसं २०७० मा स्थानीय बुवाँखोलाबाट उत्पादन गरिएको १९ किलोवाट क्षमताको दोस्रो छिन्नमस्ता लघुजलविद्युत् आयोजना आर्थिक अभावका कारण मर्मत गर्न नसकिएको स्थानीय जयबहादुर राईले बताए ।

“पहिरोले क्षति पु¥याएको आयोजना मर्मत गर्न हालसम्म कसैको ध्यान पुगेको छैन” उनले भने । पहिरोले पाँच किलोमिटर क्षेत्रको तार र १२ वटा खम्बा पुरिएका छन् भने रु बीस लाख बढीको क्षति भएको छ । समुदायले रकम जम्मा गर्नसक्ने अवस्था नभएकाले मर्मत गर्न सकिएको छैन ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, जिविस, गाविस र स्थानीय समुदायको श्रमदानमा रु ९५ लाख १८ हजारको लागतमा सो आयोजना सञ्चालनमा ल्याइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप