बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

तुइनबाट खसेर महाकालीमा बेपत्ता

आइतबार, २६ पुस २०७२, १३ : ५०
आइतबार, २६ पुस २०७२

भीमदत्तनगर– भारतबाट घर आउँदै गरेका दार्चुलाका एक स्थानीयवासी तुइन तर्ने क्रममा शनिबार दिउँसो महाकाली नदीमा खस्दा बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार तुइनबाट खसेर सुन्सेरा गाविस–५ का ५५ वर्षीय चन्द्रसिंह कुँवर महाकाली नदीमा बेपत्ता भएका थिए ।

बेपत्ता कुँवरको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक सुशीलसिंह राठौरले बताए । बर्सेनि तुइनको सहारा लिएर नदी तर्ने क्रममा स्थानीय बासिन्दाको अकालमै ज्यान जाने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप