बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सैनिक कारबाहीमा बोको हरामका १२ लडाकू मारिए

आइतबार, २६ पुस २०७२, १४ : २६
आइतबार, २६ पुस २०७२

लागोस –नाइजेरियामा सैनिकले गरेको कारबाहीको क्रममा शनिबार मात्र बोको हराम आतङ्ककारी समूहका १२ सदस्य मारिएका छन् । गत महिनादेखि नाइजेरियामा बोको हरामका लडाकूको ज्यादतीका विरुद्ध सरकारी सेनाले सशक्त कारबाही थालेको हो ।

बोको हरामको ज्यादतिका विरुद्धमा नाइजेरियाको सैनिकले आक्रामक कारबाही सुरु गरेको स्रोतले शनिबार सो जानकारी दिएको छ । यस कारबाहीका क्रममा केही सैनिक घाइते पनि भएका छन् ।

नाइजेरियामा गत ६ वर्षयता इस्लामिस्क आतङ्ककारी समूहले जारी राखेको हत्या, हिंसा र आतङ्कको क्रममा हजारौं व्यक्तिले ज्यान गुमाएका छन् ।

नाइजेरियामा सन् २००९ देखि बोको हराम आतङ्ककारी समूहले जारी राखेको हिंसा हत्यामा १७ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । जारी आक्रमणको त्रासले २६ लाख सर्वसाधारणले घर छोडी भागेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप