बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

श्रीमानको हत्या आरोप

आइतबार, २६ पुस २०७२, १५ : ०९
आइतबार, २६ पुस २०७२

अछाम–यहाँकी एक महिलालाई शनिबार बिहान बन्चरो प्रहार गरेर श्रीमानको हत्या गरेको आरोप लगाइएको छ । मलातिकोट–५ ताली निवासी धनादेवी साउदले ३६ वर्षीय श्रीमान् लालबहादुरको हत्या गरेको तथा टाउकामा ठूलो चोट रहेको र कम्बलमा बेरेर भान्सामा लछारेर फालिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । अभियुक्त धनादेवीलाई नियन्त्रणमा लिइएको अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दिलीप सिंह देउवाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप