बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

संविधान कार्यान्वयन गर्न राष्ट्रिय एकताको आवश्यकता : अध्यक्ष प्रचण्ड

आइतबार, २६ पुस २०७२, १५ : १२
आइतबार, २६ पुस २०७२

तुलसीपुर–एकीकृत नेकपा (मओवादी) का अध्यक्ष पुष्पकमल दाहालले सीमा नाकामा देखिएको समस्या छिट्टै अन्त्य हुने बताएका छन् ।

क्रान्तिकारी पत्रकार सङ्घ दाङको तेस्रो जिल्ला सम्मेलनको आज घोराहीमा उद्घाटन गर्दै उनले मधेसका समस्या समाधानका लागि संविधान संशोधन प्रक्रिया अगाडि बढाइसकिएको र कूटनीतिक पहल समेत भइरहेको बताए ।

संविधान कार्यान्वयन गर्न राष्ट्रिय एकताको आवश्यकता रहेको उनको भनाइ थियो । नेपालको संविधान जनमुखी र उत्कृष्ट रहेको बताउँदै उनले नेपाली जनताले संविधान बनाएबापत नाकाबन्दी झेल्नुपरेको टिप्पणी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप