बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

छ हजार घरमा केबुल टिभी सुविधा विस्तार

आइतबार, २६ पुस २०७२, १५ : २३
आइतबार, २६ पुस २०७२

म्याग्दी–सहकारी संस्थामार्फत जिल्लाका छ हजारभन्दा बढी घरमा केबुल टिभी सुविधा विस्तार भएको छ ।

बेनीमा रहेको म्याग्दीकाली सञ्चार सहकारी संस्था र पब्लिक भिजन केबुल सहकारी संस्थामार्फत म्याग्दी, उत्तरी पर्वत र मुस्ताङको छ हजार २८९ घरमा केबुल टिभीको सुविधा विस्तार भएको हो । चौबिस हजार घरधुरी रहेको जिल्लामा फाइबरमार्फत केबल र ताररहित डिसहोम तथा सिसिटीभीमार्फत दश हजारभन्दा बढी घरधुरीमा टिभी हेर्ने सुविधा पुगेको बताइएको छ ।

केबुलमार्फत श्रव्यदृश्यसहितको सूचना, मनोरञ्जन, सन्देश र समाचारमा सर्वसाधारणको पहुँच पुगेको छ । पाँच सय ४९ जना सेयर सदस्य रहेको म्याग्दीकाली सञ्चार सहकारी संस्थामार्फत तीन हजार ८६१ ग्राहकले केबुल टिभी सेवा पाएको सचिव रामजीप्रसाद सुवेदीले जानकारी दिए । यस्तै ४०६ सेयर सदस्य रहेको पब्लिक भिजन केवल सहकारीले दुई हजार ४२८ ग्राहकलाई सेवा प्रदान गरेको सञ्चालक समितिका सदस्य हरिकृष्ण गौतमले बताए ।

दुई वटै सहकारीले सदरमुकाम बेनी, ज्यामरुककोट, पुलाचौर, सिंगा, भकिम्ली, बरङ्जा, बाबियाचौर, झिँ, कुहुँ, घतान, पिप्ले, पात्लेखेत, दरवाङ, भगवती, बेग, हिस्तान, घार, भुरुङ्ग, तातोपानी, दोवा, नारच्याङ, दानाका साथै मुस्ताङको लेते, कुञ्जो, कोवाङ तथा उत्तरी पर्वतको माझफाँट, लेकफाँट, मिलनचोक र बाँसखर्क गाविसमा सञ्चार सेवा विस्तार गरेका छन् ।

साधारणसभामा म्याग्दी काली सञ्चार सहकारी संस्थाले गत आवमा रु ९८ लाख र पब्लिक भिजनले रु ५६ लाख ४६ हजार बराबरको कारोबार गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप