बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

पचास प्रतिशत मात्र काम सकिएको मेची पुल असारभित्र नबन्ने

आइतबार, २६ पुस २०७२, १६ : ०४
आइतबार, २६ पुस २०७२

भद्रपुर–मेची पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीमा चिन्ता थपिएको छ ।  विसं २०२० देखि नै शिलान्यास हुँदै आएको यो पुलको अन्तिम पटक २०६६ पुस २६ गते नेपाल सरकारकै एक वरिष्ठ मन्त्रीले शिलान्यास गरेका थिए । तीन वर्षभित्र निर्माण कार्य पूरा गर्ने कबोलसहित अनक सूर्य एण्ड सन्स जेभीले रु ३७ करोड ६० लाखमा पुल निर्माणको ठेक्का लिएको थियो । नेपाल र भारतबीच नाकाको काम पनि गर्ने यो पुलको लम्बाई ५६० मिटर र चौडाई नौ मिटर रहेको छ ।  अहिले निर्माण कम्पनीले कुल रु ३१ करोड भ’क्तानी लिइसकेको छ । सत्र वटा पिलरमा तीन वटा पिलर अझै जमिन तहमै छन् । योजना कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर शैलेन्द्र त्रिपाठीले पुलको केही प्राविधिक त्रुटि र राजनीतिक अस्थिरताका कारण ढिलाइ भइहरको जानकारी दिँदै पुल निर्माण कार्यलाई तीव्रता दिन निर्माण कम्पनीलाई निर्देशन दिएको जानकारी दिए ।

निर्माण कम्पनीका प्रोपाइटर सुरेश श्रेष्ठले पुल निर्माणमा ढिलाइ हुनुका कारण राजनीतिक अस्थिरता भएको बताएका छन् । आगामी असार मसान्तसम्म थपिएको समय पनि सकिँदैछ । पुलको लगभग ५० प्रतिशत मात्र काम सकिएकाले यसमा कसको कमजोरी कहाँ रह्यो भनेर खोज्ने समय आएको भद्रपुर नगरपालिकाका पूर्व मेयर भारतेन्द् कुमार मल्लिकको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप