बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले गर्छ : महामन्त्री सिटौला

आइतबार, २६ पुस २०७२, १६ : ०९
आइतबार, २६ पुस २०७२

काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनको नेतृत्व काँग्रेसले गर्ने बताएका छन् ।

गिरिजाप्रसाद कोइराला प्रजातान्त्रिक प्रवद्र्धन केन्द्रले आज यहाँ आयोजना गरेको ‘दिगो शान्ति, संविधान कार्यान्वयनका चुनौती र युवा नेतृत्व’ विषयको अन्तरक्रियामा महामन्त्री सिटौलाले संविधान काँग्रेसको नेतृत्वमा आएकाले यसलाई कार्यान्वयनको जिम्मा पनि काँग्रेसले गर्ने स्पष्ट पारे ।

उनले भने, “नेपाली जनताको लामो समयदेखिको चाहना संविधान निर्माणसँगै पूरा भएको छ । राष्ट्रिय एकताको माध्यमबाट अब यसलाई कार्यान्वयनमा लानुपर्छ ।”

महामन्त्री सिटौलाले पार्टीको आगामी महाधिवेशनले युवा वर्गलाई नेतृत्वमा ल्याउनुपर्ने बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले आगामी महाधिवेशनले शीर्ष नेताको योगदानको सम्मान गर्दै योग्य व्यक्तिलाई अगाडि लैजानुपर्नेमा जोड दिए ।

केन्द्रका अध्यक्ष बलदेव तिमल्सेनाले पार्टीभित्र देखिएको ६०÷४० को भागबण्डालाई अन्त्य गर्ने नेतृत्व अबको महाधिवेसनले ल्याउन सक्नुपर्ने बताए । गोष्ठीमा तीन नम्बर प्रदेशका युवाको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप