बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दाङमा गाडीलाई ठक्कर दिँदा लाखौँको क्षति

आइतबार, २६ पुस २०७२, १६ : ११
आइतबार, २६ पुस २०७२

दाङ–इन्धन भर्न पङ्क्तिमा रहेका पाँच गाडीलाई गए राति एउटा बसले ठक्कर दिँदा लाखौँको क्षति भएको छ ।

तुलसीपुर–५ स्थित राप्ती पेट्रोल पम्प अगाडि इन्धन भर्न बसेका सवारी साधनलाई ना५ख २७७७ नं को बसले ठक्कर दिँदा ना५ख ९८१९ नं को बस, सोको पछाडि रहेका तीन ट्र्याक्टर र एक डोजरमा क्षति पुगेको छ । ती सवारी साधनमा मानिस नहुँदा मानवीय क्षति भने हुन पाएन ।

ठक्कर दिएलगत्तै उक्त बसका चालक फरार रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईँले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप