बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने अभियान सुरु

सोमबार, २७ पुस २०७२, ११ : ३८
सोमबार, २७ पुस २०७२

भक्तपुर–महानगरीय प्रहरी परिषर, भक्तपुरले भक्तपुरलाई अपराधमुक्त जिल्ला बनाउने अभियान सुरु गरेको छ ।

आजदेखि सुरु गरेको अभियानमा जिल्लाव्यापी रुपमा प्रहरीको गस्ती बढाइने, आपराधिक क्षेत्रमा सादा प्रहरी परिचालन गर्ने, रात्रि गस्ती र चेक पोष्ट स्थापना गरेर चेक जाँच बढाएको छ ।

महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक किरण बज्राचार्यले यसबारे जानकारी दिँदै आजदेखि व्यापक रुपमा प्रहरी परिचालन गरेको बताए ।

जिल्लाका प्रत्येक नाकाका प्रहरीसहितको टोली एलर्टमा रहने बताउँदै उनले कतै घटना घटेमा तत्कालै प्रहरी पुग्न सक्ने व्यवस्था गरेको जानकारी दिए ।

परिषरले दिउँसोको समयमा साइकल गस्तीलाई व्यापक बनाएको बताउँदै उनले पर्यटकीय क्षेत्र, बैंक, वित्तीय संस्था रहेको क्षेत्र, मानिस बढी आवतजावत हुने क्षेत्र र विगतमा आपराधिक गतिविधि हुने क्षेत्रलाई प्रहरीले निगरानीमा राखेको उल्लेख गरे ।

ट्राफिक प्रहरीसमेतको सहयोगमा चेक प्वाइन्टमा प्रहरीले राति ८ देखि १२ बजेसम्म शङ्कास्पद पैदलयात्री र सवारी साधनको चेक जाँच गर्ने, मादक पदार्थ सेवन गरेर होहल्ला गर्ने एवम् सवारी साधन चलाउनेलाई कारबाही तीव्र पार्ने, शङ्कास्पद व्यक्ति एवम् सवारी साधनको खानतलासी गर्ने र शङ्कास्पदलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप