मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आचार्य समूहद्वारा कार्यसमिति टिम तथा चुनावी घोषणापत्र सार्वजनिक

बुधबार, २९ पुस २०७२, १० : ५७
बुधबार, २९ पुस २०७२

काठमाडौं–आसन्न नाट्टा निर्वाचनका लागि अध्यक्षका उम्मेद्वार मधुसूदन आचार्य समूहले चुनावी कार्यसमिति टिम तथा प्रतिबद्घता सार्वजनिक गरेको छ ।

मंगलबार ठमेलको होटल वैशालीमा एक कार्यक्रमको आयोजना गर्दै उक्त समूहले टिम तथा प्रतिबद्घता सार्वजनिक गरेको हो । कार्यक्रमका बीच उक्त समूहले २४ बुँदे चुनावी प्रतिबद्घता सार्वजनिक गरेको छ । कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेद्वार आचार्यले आफूहरुको टिम स्वतन्त्र रहेको बताए । उनले आफूले प्रस्तुत गरेका एजेन्डा कार्यान्वयनका लागि टिम गम्भिर भएर लाग्ने बताए ।

उक्त समूहले सार्वजनिक गरेको कार्यसमिति टिमको अध्यक्षमा आचार्य स्वयं, प्रथम उपाध्यक्ष सिएन पाण्डे, द्घितिय उपाध्यक्षमा दिपेन्द्रकुमार घिमिरे, महासचिवमा भिमप्रसाद पन्त, सचिव सुधिरकुमार उपाध्याय, कोषाध्यक्षमा चित्रबहादुर गुरुङ, सहकोषाध्यक्षमा सबिता भट्टराई छन् । त्यस्तै सदस्यहरुमा सितल शर्मा पौडेल, विनय बस्नेत, युवराज सुुवेदी, लक्ष्मण लम्साल, वरुण मेहता, हरिभक्त श्रेष्ठ, रामकुमार बाराकोटी र घनश्याम घिमिरे छन् । यसैबीच चुनावी प्रचारप्रसार अभियानलाई पनि तिब्रताका साथ अघि बढाइने उक्त समूहले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप