बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जनताको निगरानीमा दल र प्रशासक : मन्त्री राई

बुधबार, २९ पुस २०७२, १७ : ४१
बुधबार, २९ पुस २०७२

काठमाडौँ– सूचना तथा सञ्चार मन्त्री शेरधन राईले आमजनताले राजनीतिक दल र प्रशासन संयन्त्रलाई निगरानीमा राखिरहेकाले काम गर्ने शैलीमा परिवर्तन गरेर जनताको भावनालाई समेट्न सक्नुपर्ने बताएका छन् ।

उमेर हदका कारण अवकाश प्राप्त गरेका सहसचिव कविराज खनालको मन्त्रालयमा आयोजित बिदाइ समारोहमा मन्त्री राईले विगतमा मुलुकभित्र अन्योल, अस्थिरता र द्वन्द्व रहेको चर्चा गर्दै त्यसबखत जनताले पनि परिस्थितिलाई बुझेर दल र कर्मचारीलाई माफी गरेको बताए ।

उनले भने– “अहिले परिस्थिति भिन्न छ, समाज खुला छ र हामी सबै नयाँ यात्रामा छौँ । हामी प्रत्येकले यो यथार्थलाई आत्मसात् गरी काम गर्नु पर्दछ ।”

मन्त्री राईले संविधान जारी भएपछि मुलुक स्थिरतातर्फ अग्रसर भएको र यो तथ्यलाई बुझेर सबैले आ–आफ्ना ठाउँबाट योगदान गर्न आवश्यक भएको बताए ।

मन्त्रालयका निमित्त सचिव एकनारायण अर्यालले अवकाशप्राप्त सहसचिव खनालको प्रशासकीय दक्षता सबैका लागि अनुकरणीय रहेको बताए ।

सहसचिव रामचन्द्र ढकालले निजामती सेवाबाट एक योग्य र व्यावसायिक कर्मचारी बिदा भएको उल्लेख गरे ।

अवकाश प्राप्त सहसचिव खनालले निजामती सेवामा करिब ३३ वर्ष व्यतित गरी हिजोदेखि अवकाश प्राप्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप