मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पर्यटन बोर्डले सन् २०१६ लाई राष्ट्रिय पर्यटन वर्षका रुपमा मनाउने

बुधबार, २९ पुस २०७२, २२ : ३१
बुधबार, २९ पुस २०७२
काठमाडौँ– नेपाल पर्यटन बोर्डले सङ्क्रमणमा परेको मुलुकको पर्यटन प्रवद्र्धनका लागि विशेष योजना ल्याउने भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटन क्षेत्रलाई गति दिन बोर्डले सन् २०१६ लाई राष्ट्रिय पर्यटन वर्षका रुपमा मनाउने र त्यसअनुरुपको योजना कार्यक्रम ल्याइने बताए । उनले पर्यटन क्षेत्रमा देखिएका चुनौतीलाई ध्यानमा राखेर विदेशी पर्यटक बढी भित्र्याउन सामाजिक सञ्जालको भरपूर उपयोग गरिने पनि उल्लेख गरे । प्रमुख कार्यकारी अधिकृत जोशी बोस्टर मिडियाद्वारा आज यहाँ आयोजित बधाई ज्ञापन तथा पर्यटन क्षेत्रका समस्या विषयको अन्तक्र्रियामा बोल्दै थिए । कार्यक्रममा बोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र सापकोटाले बोर्डले अब पूर्णरुपमा प्रवद्र्धनात्मक कार्यलाई गतिदिने बताए । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रलाई राजनीतिक खिचातानीबाट मुक्त बनाई बजारीकरण गर्न जरुरी भएको उल्लेख गरे । कार्यक्रममा पर्यटन व्यवसायी दीपक महत, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष रामशरण थपलियालगायतले पर्यटन क्षेत्रले भोगेका समस्याबारे चर्चा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप