बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जन्मदिनको अवसर पारेर रेडक्रसलाई सहयोग

बिहीबार, ३० पुस २०७२, १७ : १४
बिहीबार, ३० पुस २०७२

बिर्तामोड–झापा बिर्तामोड–६ का रंगलाल न्यौपानेले आफ्नो ३९ औं जन्मोत्सवको खर्च मानवीय सेवाका लागि प्रदान गरेका छन् । उनले नेपाल रेडक्रस सोसाइटी झापा र उपशाखा बिर्तामोडद्वारा सञ्चालित रक्तसंचार केन्द्र भवनका लागि २५ हजार पाँच सय ५५ रुपैयाँ प्रदान गरेका हुन् । विहीवार बिर्तामोडस्थित रक्तसंचार भवनमा न्यौपानेले उक्त रकम रेडक्रस उपशाखा सभापति सजेश शिवाकोटी र जिल्ला सदस्य हेम खड्कालाई प्रदान गरे । शिवाकोटी र खड्काले मानवीय सेवाका लागि सहयोग गरेकोमा न्यौपानेलाई धन्यवाद दिँदै उनलाई रेडक्रसको विशिष्ट सदस्यता प्रदान गरिने जानकारी दिए । विराट निमाविका शिक्षकसमेत रहेका न्यौपाने रेडक्रसको आजीवन सदस्य समेत हुन् । जन्मदिनको अवसरमा अन्त खर्च गर्नुभन्दा मानवीय सेवाका लागि सहयोग पु¥याउन र अरुलाई पनि सेवामा समर्पित हुन प्रेरित गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेको न्यौपानेले बताए । उक्त अवसरमा समाजसेवाका लागि बुबाले गरेको सहयोगले अरुलाई पनि राम्रो काम गर्न प्रेरणा दिने उनकी छोरी दीपशिखाले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप