बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

जनताले दुःख पाइरहेको बेला लज्जास्पद अभिव्यक्ति दिँदै प्रम ओली : महामन्त्री सिंह

बिहीबार, ३० पुस २०७२, १७ : २०
बिहीबार, ३० पुस २०७२

काठमाडौँ– नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले “देशमा कालोबजारी र आकासिएको मूल्यवृद्धिले जनताले दुःख पाइरहेको बेला प्रधानमन्त्री भने जनताको दुःखमा मलम लगाउनुको साटो लज्जास्पद अभिव्यक्ति दिँदै बसेका आरोप लगाए ।

नेपाल विद्यार्थी सङ्घले आज राजधानीमा गरेको चियापान कार्यक्रममा उनले सरकार जनताप्रति उदासीन भएको कारण कालोबजारी मौलाउँदै गएको बताए । उनले भने, ‘कालोबजारीका कारण जनताले दुःख पाउँदा पनि वर्तमान सरकार सिंहदरबारमा चुप लागेर बसिरहेका छन् ।”

उनले सरकार देशमै उपलब्ध साधनस्रोतको उपयोग गरी जनतालाई राहत दिन असफल भएको पनि बताए ।

उनले आसन्न १३औँ पार्टी महाधिवेशनमा गाउँस्तरबाटै सक्षम नेतृत्व आएमा मात्र केन्द्रीयस्तरमा कार्यकर्ताको मनोभावना बुझ्ने नेतृत्व चयन हुन सक्ने विश्वास व्यक्त गरे । उनले अबको पार्टी नेतृत्व जनता, कार्यकर्ता र देशको भावना बुझेर काम गर्न सक्ने खालको चयन हुनुपर्नेमा पनि जोड दिए । नेविसङ्घले आसन्न महाधिवेशनको सफलताको कामना गर्दै चियापानको आयोजना गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप