बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

इटहरी उपमहानगरको बजेट सत्ताइस करोड

बिहीबार, ३० पुस २०७२, १७ : २४
बिहीबार, ३० पुस २०७२

इटहरी –इटहरी उपमहानगरपालिकाले आर्थिक वर्ष २०७३/७४ का लागि रु २६ करोड ९४ लाख ७८ हजार ६६० को बजेट प्रस्ताव गरेको छ ।

उपमहानगरका कार्यकारी अधिकृत महेशराज तिम्सिनाका अनुसार यो बजेट अघिल्लो वर्षको तुलनामा रु चार करोडले कमी हो ।

बजेट सार्वजनिक समारोहलाई सम्बोधन गर्दै भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले जतिसक्दो चाँडो स्थानीय निकायको निर्वाचन गर्ने वातावरण बन्यो त्यही गतिमा विकासका कार्य जनतासम्म पुग्ने बताए ।

सो अवसरमा सांसद रेवतीरमण भण्डारी, अनिता परियार कल्पना चौधरीलगायतले इटहरी उपमहानगरपालिकाको आवश्यकता धेरै रहेको तथा यो पूर्वी नेपालकै आवागमन, वाणिज्यलगायत क्षेत्रका दृष्टिकोणले केन्द्रबिन्दुका रुपमा रहेकाले यहाँ कम्तीमा पनि ५० शय्याको अस्पताल हुनु जरुरी रहेको औँल्याए ।

कार्यक्रममा उत्कृष्ट करदाताका रुपमा रिजाल टाँसी इण्डष्ट्रिजलाई सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट कर्मचारी घोषणा गर्दै विजय कार्कीलाई रु १० हजारसहित सम्मान गरिएको थियो भने दीर्घ सेवी भन्दै सेवा निवृत कर्मचारी रामनारायण चौधरीलाई सम्मान गरिएको थियो ।

त्यस्तै, यो वर्ष उपमहानगरपालिका क्षेत्रमा उत्कृष्ट विकास निर्माणको काम गरेको कदर स्वरुप इटहरी–४ मा रहेको प्रगतिमार्ग टोल विकास उपभोक्ता समिति र त्यसका अध्यक्ष श्रीप्रसाद भट्टराईलाई सम्मान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप