बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

गोरखामा भूकम्प स्तम्भ निर्माण

बिहीबार, ३० पुस २०७२, १७ : २६
बिहीबार, ३० पुस २०७२

गोरखा –गत वैशाखमा गएको ‘गोरखा भूकम्प’ को केन्द्रबिन्दु जिल्ला गोरखामा भूकम्पस्मृति स्तम्भको निर्माण गरिएको छ । भूकम्पमा परी ज्यान गुमाएकाको सम्झनामा स्तम्भ निर्माण गरिएको हो ।

गोरखा जेसिजले चार लाख ५० हजार रुपैयाँ लगानी गरेर हरमटारीस्थित प्रशासन चोकमा स्तम्भ निर्माण गरेको हो । उक्त स्तम्भको आज जेसिजको वर्ष २०१६ का केन्द्रीय अध्यक्ष जगतबहादुर पोखरेलले अनावरण गरे ।

स्तम्भमा भूकम्पका बेला गोरखा जिल्लाभर मृत्युवरण गरेकाको नामावली उल्लेख छ । स्तम्भ निर्माण गरिएको जानकारी दिँदै गोरखा जेसिज वर्ष २०१६ का जनसम्पर्क अधिकारी अजितरमण खनालले भूकम्पले पु¥याएको मानवीय क्षतिबारे भावी पुस्तालाई जानकारी दिन स्तम्भ निर्माण गर्नुपरेको बताए ।

स्तम्भको चारैतर्फ भूकम्पमा परी जिल्लाभर मृत्युवरण गरेका ४७२ जनाको नाम लेखिएको छ । करिब छ फिट अग्लो स्तम्भ एक महिना लगाएर निर्माण गरिएको हो । साथै, सरकारले भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाक गाउँमा पनि भूकम्पस्मृति स्तम्भका साथै पार्क निर्माण गर्ने घोषणा गरेको छ ।

जेसिज गोरखाले वर्ष २०१५ का अध्यक्ष अञ्जनबाबु खत्रीलाई बिदाइ गर्दै वर्ष २०१६ का अध्यक्ष प्रेमध्वज थापा मगरलाई पद हस्तान्तरण गरेको जेसिजका पूर्वअध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । गोरखा सङ्ग्रहालयमा भएको कार्यक्रममा जेसिजका विभिन्न विभागीय प्रमुखले पनि पद हस्तान्तरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप