बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राहत नपाउने पीडितहरुको गुनासो : सरकारले कि दिन्न भने हुन्थ्यो, आशैआशमा किन तड्पाएको ?

बिहीबार, ३० पुस २०७२, १७ : ४८
बिहीबार, ३० पुस २०७२

सल्यान–सशस्त्र द्धन्द्धको समयमा नेपाली सेनाले विछ्याएको बममा परि घाइते भएका सल्यानका तीन जनाले अझैंसम्म पनि राहत पाउन सकेका छैनन् । आर्मी क्याम्पभित्रको घाँस काट्ने क्रममा सेनाले विछ्याएको बम पटिका सिमखर्कमा २ र कपुरकोटमा १ जना घाइते भएका थिए । घाइते भएको झन्डै १० वर्र्ष वितिसक्दा पनि राहत पाउन नसकेको पीडितहरुले बताएका छन् । २०६१ साउन ३ गते सिमखर्क ब्यारेकभित्रको घाँस काट्ने क्रममा मार्के–७ का बल बहादुर वली र शोही स्थानकी ४९ वर्षीया शारदा कुमारी शर्मा घाइते भएका थिए । यस्तै २०६२ माघ २४ गते कपुरकोट रिपिटर टावरभित्रको घाँस काट्ने क्रममा सेनाले विछ्याएको माइन पट्किदाँ धनवाङ १ की ३६ वर्षीया दिलिकुमारी चन्द घाइते भएका थिए । १० वर्ष वितिसक्दा समेत आफुहरुले एक रुपैयाँ पनि राहत पाउन नसकेको मार्के ७ की शारदा कुमारी शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘सेनाले जमिनमुनि विछ्याएको बम पट्किदाँ मेरा दायाँ खुट्टा गुमाए, जिल्लामा गएर धेरैपटक हारगुहार पनि गरे तर अहिलेसम्म एक रुपैयाँसम्म पाउन सकेकी छैन् ।’ सशस्त्र द्धन्द्धको समयमा केही राहत पाइसकेको तर आफुहरुले अहिलेसम्म केही नपाएको धनवाङमा घाइते चन्दका श्रीमान लक्ष बहादुर चन्दले बताए । उनले भने, ‘सरकारले कि तिमीहरुले केही पाउँदैनौं भनिदिए हुन्थ्यो, कि यो बेलामा केह भनेपनि दिएहुन्थ्यो आशैआशमा बस्दा–बस्दा निरास भइयो ।’ शान्ति तथा पूर्णनिमार्ण मन्त्रालयमा तीनैजनाको विवरण पेश गरेको स्थानीय शान्ति समिति सल्यानकी सचिव विष्णु शर्माले जानकारी दिइन् । स्थानीय तह, पंशासन तथा शान्ति समितिबाट पास भएर मन्त्रालयमा पुगीसकेको तर मन्त्रालयमा फाइलल अड्किएको शर्माले बताइन् । उनले भने, ‘हामीले गर्ने काम गरिदिएका छौं, उनीको फाइल मन्त्रालयमा पठाइदिएका छौं मन्त्रालयलबाटै ढिलासुस्ती भएपछि हाम्रो के लाग्यो र ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप