बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

शरणार्थी समस्याप्रति सरकार गम्भीर छ : उपप्रधानमन्त्री थापा

बिहीबार, ३० पुस २०७२, १७ : ५५
बिहीबार, ३० पुस २०७२

दमक–उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले वर्तमान सरकार भुटानी शरणार्थीको समस्याप्रति गम्भीर भएको बताएका छन् ।

आज झापाको दमकमा भुटानी शरणार्थीको एक प्रतिनिधिमण्डलसँगको भेटमा परराष्ट्रमन्त्रीसमेत रहेका उपप्रधान मन्त्री थापाले झन्डै दुई दशकअघिबाट पूर्वका झापा र मोरङका शिविरमा बस्दै आएका शरणार्थीको समस्यालाई दीर्घकालीन रुपमा नै समाधन गर्न सरकार तत्पर रहेको बताए ।

शरणार्थीको ज्ञापनपत्र बुझ्नु हुँदै मन्त्री थापाले भुटानी शरणार्थी समस्या समाधान गर्न सरकारले छिट्टै नै कार्य थाल्ने आश्वासन दिएका थिए । उनले भने,– “भुटानी शरणार्थीको स–सम्मान स्वदेश फिर्ती पक्षमा सरकारले काम थाल्ने छ ।” उपप्रधानमन्त्री थापासँग भुटानी शरणार्थीको समस्या समधानका लागि सरकारले चाँडोभन्दा चाँडो कूटनीतिक पहल सुरु गरिदिन आग्रह गर्दे भुटान स्वतन्त्र जनमञ्चलगायतका सङ्घसङ्गठनले छुट्टाछुट्टै ज्ञापनपत्र बुझाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप