मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नाट्टामा धाख्वा नेतृत्वमा नयाँपुस्ताको उम्मेद्वारी

शुक्रबार, ०१ माघ २०७२, १० : ५३
शुक्रबार, ०१ माघ २०७२

काठमाडौं – टुर एण्ड ट्राभल एजेण्टहरुको संस्था नेपाल एशोसिएसन अफ टुर्सं एण्ड ट्राभल्स एजेन्टस (नाट्टा) को नेतृत्वको लागि पहिलो पटक महिला अध्यक्ष बनाउन धाख्वा समूहले उम्मेद्वारी घोषणा गरेको छ । वर्तमान महासचिव मिहीका राज्यलक्ष्मी शाह धाख्वाको नेतृत्वमा १५ सदस्यीय समूहले उम्मेद्वारी घोषणा गरेको हो । पर्यटन विकासका लागि सिर्जजनशिल विचार र स्पष्ट दृष्टिकोणसहितको नयाँ पुस्ता भन्ने नाराका साथ नयाँ समूहले उम्मेद्वारी घोषणा गरेको हो । सो समूहको प्रथम उपाध्यक्षका लागि केदारनाथ दुवाडी, द्धितिय उपाध्यक्षका लागि सुनिल शर्मा, महासचिवमा ठाकुर प्रसाद ढुङगाना, सचिवमा कमला गुरुङ, कोषाध्यक्षमा तिलक थापा मगर, सह–कोषाध्यक्षमा फुदोमा शेर्पा, सदस्यहरुमा सुरेश अंगाई, अमृतकुमार ढकाल, विनोद कार्की, गोविन्द दाहाल, सुरेश केसी, सुरेन्द्र भट्टराई, यज्ञमुर्ति आचार्य र अनिलकुमार थापाले उम्मेद्वारी घोषणा गरेका छन् । पत्रकार सम्मेलनमा अध्यक्षकी प्रत्यासी धाख्वाले आफ्नो समूहको विजयपछि संस्थालाई अझै प्रभावकारी र समयानुकल ढंगले अगाडि बढाउनुका साथै पर्यटन क्षेत्रको विकास र विस्तारमा अझै प्रभावकारी ढंगले योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरिन् । उक्त समूहले सार्वजनिक गरेको भावी कार्ययोजना समेटिएको प्रतिबद्धतापत्रमा पर्यटन प्रर्वद्धन गर्न सरकारी स्तरमा पहल गर्ने, पर्यटक गन्तब्यलाई पर्यटक मैत्री बनाउने, टुरिष्ट बसपार्क व्यवस्थाको लागि पहल गर्ने, क्षेत्रीय गन्तब्यको विकास र प्रर्बद्धन गर्न अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग समन्वय गर्ने, अनाधिकृत रुपमा सञ्चालित टुर एवम ट्राभल्सलाई नियन्त्रणमा लिने, नाट्टा मितिया एण्ड रिसर्च सेन्टरलाई समयानुकुल विस्तार गर्ने, नाटा बेभसाईटलाई बीटुसी प्लेटफर्मको रुपमा विकास गर्ने, बास्केट फण्डको विकास गर्ने, भुक्तानी नेपाली भूमिमै गर्न बीएसपी भुक्तानीको व्यवस्था मिलाउने र वर्तमान कार्यसमितिले अगाडि बढाएका योजनालाई निरन्तरता दिने उल्लेख छ । जसमा सन् २०१६ मा २ लाख ५० हजार चिनियाँ पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्न सक्रिय रहने, नाट्टा ५० वर्ष पुगेको उपलक्ष्यमा गोल्डेन जुब्ली वर्षको रुपमा मनाउने, चिनियाँ पर्यटकहरुमाझ गन्तब्य नेपाललाई स्थापित गर्ने कार्यका लागि आवश्यक तालिम, अनुसन्धान तथा ब्राण्डिङ गर्ने कार्य गर्न चिन आउटबण्ड टुरिज्म रिसर्च इन्स्टिच्यूटसँग साझेदार गर्ने रहेको छ । महासचिवका उम्मेदवार ठाकुर प्रसाद ढुँगानाले अहिलेको आवस्यकता अनुसार पर्यटन विकासका लागि नयाँ पुस्ता अगाडी सरेको बताए । ‘यो पुस्ताले साँच्दै देशको पर्यटन विकाश र संस्थाको हितका लागि उदाहरणीय काम गरेर देखाउने छ ।’ उनले दावी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप