बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सोमालियामा करिब ५० केन्याली सैनिकको हत्या

शुक्रबार, ०१ माघ २०७२, १७ : ०८
शुक्रबार, ०१ माघ २०७२

 

मोगादिसु, १ माघ । सोमालियमा रहेको अफ्रिकन युनियनको संयुक्त सैन्य शिविरमा भएको सशस्त्र हमलामा परी कम्तीमा पनि ५० जना केन्याली सैनिक मारिएको समाचार छ ।

सोमालियाको सशस्त्र विद्रोही समूह अल सेबाबले सो हमला गरेको बताइएको छ । उक्त सैन्य शिविरमा सो समूहले शुक्रबार बिहान सबेरै सो हमला गरेको थियो । सोमालियाको सिल काडोमा रहेको केन्याली सैन्य शिविरमा उक्त समूहले अत्याधुनिक हतियारले हमला गरेको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् । सो सैन्य शिविर सोमालियाको राजधानी मोगादिसुबाट ५५० किलोमीटर पश्चिममा पर्दछ । उक्त शिविर केन्याको सीमा क्षेत्रबाट नजिक रहेको छ । आक्रमणमा मारिएका सैनिकको सङ्ख्या यो भन्दा पनि बढी रहेको अनुमान गरिएको छ । घटनास्थलमा शान्ति सैन्य पुग्न नसकेकोले घटनाको पूर्ण विवरण प्राप्त हुन नसकेको समाचारमा उल्लेख छ । उक्त सशस्त्र समूह आतङ्ककारी सञ्जाल अल कायदासँग सम्बन्धित रहेको छ । उक्त क्षेत्रमा सो हतियारधारी समूहले यस अघि पनि पटक पटक आक्रमणको प्रयास गरेको थियो । सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप