मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

नाट्टामा मधुसुदन आचार्य समूह विजयी

सोमबार, ०४ माघ २०७२, ०९ : १९
सोमबार, ०४ माघ २०७२

काठमाडौं – नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आइतबार सम्पन्न निर्वाचनमा मधुसूदन आचार्य नेतृत्वको समूह विजयी भएको छ ।

नाट्टाको ५२ औं वार्षिक साधारणसभा तथा निर्वाचनबाट अत्याधिक मत ल्याई आचार्य समूह विजयी भएको हो ।

आइतबार सम्पन्न निर्वाचनमा कुल ४ सय ३२ मत खसेको थियो । ४ सय ५४ मतदाता रहेकोमा जम्मा ४ सय ३२ ले मात्र मत खसालेको निर्वाचन अधिकृत देवीप्रसाद भट्टराईले जानकारी दिए । आचार्यसँग निवर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष शम्भुराज पाठक समूह र महासचिव मिहिका धाख्वा समूहले प्रतिस्पर्धा गरेका थिए ।

कसको मत कति ? मधुसुदन आचार्य समूहः अध्यक्ष मधुसुदन आचार्य – १९१ प्रथम उपाध्यक्ष सीएन पाण्डे – १९० द्वितीय उपाध्यक्ष डिके शर्मा – २१५ महासचिव भीमप्रसाद पन्त – १७९ सचिव सुधिर उपाध्याय – २१२ कोषाध्यक्ष चित्र गुरुङ – २२१ सहकोषाध्यक्ष सविता केसी भट्टराई – २१२ सदस्यहरुः युवराज सुवेदी – १९७ लक्ष्मण लम्साल – २१४ रामकुमार बाराकोटी – १७८ घनश्याम घिमिरे – १८९ विनय बस्नेत – २०८ हरिभक्त श्रेष्ठ – १८८ बरुण मेहता – १७९ सितलकुमारी शर्मा पौडेल – २३३

मिहिका धाख्वा समूहः अध्यक्ष मिहिका धाख्वा – १६४ प्रथम उपाध्यक्ष केदारनाथ दवाडी – १४९ द्वितीय उपाध्यक्ष सुनिल शर्मा – १४१ महासचिव ठाकुर ढुंगाना – १४४ सचिव कमला गुरुङ – १४७ कोषाध्यक्ष तिलक थापा मगर – ११३ सहकोषाध्यक्ष फुडोमा शेर्पा – १६३ सदस्यहरुः सुरेश अंगाई – १३८ अमृत ढकाल – १४८ विनोद कार्की – ११८ गोविन्द दाहाल – १४१ सुरेश केसी – ११७ सुरेन्द्र भट्टराई – १४९ यज्ञमुर्ति आचार्य – १०९ अनिककुमार थापा – १२५

शम्भूराज पाठक समूहः अध्यक्ष शम्भूराज पाठक – ५७ प्रथम उपाध्यक्ष नारायण गुरुङ कोने – ७२ द्वितीय उपाध्यक्ष कृष्णबहादुर मगर – ५२ महासचिव रमेश थापा – ८४ सचिव दिव्यप्रभा शाही – ४१ कोषाध्यक्ष रामबहादुर घले – ६५ सहकोषाध्यक्ष विजय रिजाल – ३० सदस्यहरुः राजु व्यञ्जनाकार – ६८ जयाहरि गोइत – ५१ सञ्जय बजिमाया – ७० महेन्द्रराज पाण्डे – ४९ ईनु थापा – ११३ सागर अधिकारी – ५१ रमेशमान मलेखु – ६३ बाबुराम रसाइली – ७१

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप