बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

यात्रुबस दुर्घटना, एकको मृत्यु

सोमबार, ०४ माघ २०७२, १२ : २७
सोमबार, ०४ माघ २०७२

तनहुँ–तनहुँको दक्षिणी भेग राम्जाकोटबाट भीमाद बजारतर्फ आउँदै गरेको ग१ख ४९७० नंको यात्रुवाहक बस माझकोट¬–९ मिछुलुङ भन्ने स्थानमा आज दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृतकको पहिचान हुन सकेको छैन । सो बसमा करिब ५० जना यात्रु सवार रहेको बताइएको छ । गम्भीर घाइते सातजनालाई उपचारका लागि पोखरा पठाइएको भीमाद प्रहरी चौकीका प्रमुख प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप