मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मुस्ताङ भ्रमण गर्नेमा सबैभन्दा बढी भारतीय पर्यटक

मङ्गलबार, ०५ माघ २०७२, १० : १९
मङ्गलबार, ०५ माघ २०७२

मुस्ताङ - पर्यटकीय जिल्ला मुस्ताङ भ्रमण गर्नेमा भारतीय नागरिक बढिरहेको तथ्याङ्कले देखाएको छ । हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर मुक्तिनाथ, कागबेनी र दामोदरकुण्ड मुस्ताङमै पर्ने भएकाले भारतीय धार्मिक पर्यटकको सङ्ख्या बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । “मुक्तिनाथ दर्शन र कागबेनीमा स्नान नै भारतीय पर्यटकको मुख्य चाहना हुन्छ”– आयोजनाका बेल पुनले भने– “अधिकांश भारतीय पर्यटक बेनी–जोमसोम हँुदै आउने गरेका छन् ।” भूकम्प र नाकाबन्दीपछि सबैभन्दा बढी भारतीय पर्यटक नै घटेका छन् । स्न २०१५ मा आठ हजार ४५९ भारतीयले मुस्ताङ भ्रमण गरेको तथ्याङ्कमा उल्लेख छ । यद्यपि अघिल्लो वर्ष १८ हजार भारतीय पर्यटक जिल्ला भित्रिएका थिए । भारतीय पर्यटकको बसाइँमा पनि छोटो हुने गरेको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ । यसरी आउने केही भारतीय पर्यटक दामोदरकुण्ड पुग्ने गरेका छन् । भारी हिमपात हुने र पदमार्ग व्यवस्थित नहुँदा असार, साउन र भदौ महिनामा मात्रै दामोदरकुण्ड जान सकिन्छ । एक्यापका अनुसार, तेस्रो मुलुकबाट १४ हजार पर्यटक भित्रिएकामा अस्ट्रेलिया, फ्रान्स, जर्मनी, स्वीडेनलगायत मुलुकका बढी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप