बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दक्षिण चीनमा लागुऔषध कारोबारमा संलग्न सोह्र पक्राउ

बुधबार, ०६ माघ २०७२, ०७ : ०५
बुधबार, ०६ माघ २०७२

हाइकोउ (चीन)-दक्षिण चीनको हेनान प्रान्तका प्रहरीले लागुऔषध कारोबार तथा गैरकानुनी रुपमा हातहतियार राखेको आरोपमा विभिन्न १६ जनालाई मङ्गलबार पक्राउ गरेको छ । उनीहरुबाट २३.४ किलोग्राम लागुऔषध, बन्दुक, धारिलो हतियार, कारोबारमा प्रयोग भनिएका केही गाडी र १७ हजार ६३२ अमेरिकी डलर बराबरको चिनियाँ मुद्रा (युआन) नियन्त्रणमा लिएको छ । प्रहरीले लागुऔषध कारोबार गर्ने मानिसको नाम अनुसन्धानमा असर पार्नसक्ने कारण देखाउँदै सार्वजनिक गरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप