बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दुई वर्षभित्र इराकमा १९ हजार नागरिकको मृत्यु 

बुधबार, ०६ माघ २०७२, ०८ : १८
बुधबार, ०६ माघ २०७२

बग्दाद (इराक)-सन् २०१४ को अक्टोबरदेखि सन् २०१५ को अन्त्यसम्म इराकमा भएको द्वन्द्वका कारण १८ हजार ८०२ सर्वसाधारण नागरिकको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घद्वारा मङ्गलबार सार्वजनिक गरिएको प्रतिवेदनमा जनाइएको छ । इराकी सुरक्षाकर्मी र इस्लामिक स्टेट (आईएस) समूहबीच भएका द्वन्द्वका कारण १८ हजार ८०२ जनाको मृत्यु भएको र यसको दोब्बर अर्थात् ३८६ हजार २४५ जना घाइते भएको राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यसैगरी सार्वजनिक प्रतिवेदनअनुसार ठूलो सङ्ख्यामा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । यस अवधिमा ३० हजार ५०० महिला तथा बालबालिका दासको रुपमा प्रयोग गरिएको तथ्याङ्कमा जनाइएको छ । त्यस्तै करिब ९०० जना बालबालिका अपहरणमा परेको प्रतिवेदनमा उल्लेख छ । इराकमा मानव अधिकार उल्लङ्घनको तथ्याङ्क डरलाग्दोः राष्ट्रसङ्घ इराकमा करिब उक्त समूहले इराकको दोस्रो ठूलो सहर मोसुलबाट अपहरण गरी लगेका करिब एक हजार जबर्जस्ती इस्लामिक धार्मिक तथा सैन्य तालिममा प्रयोग गरेको राष्ट्रसङ्घको प्रतिवेदनमा उल्लेख छ । मुख्यतया सन् २०१४ को ग्रीष्मकालीन समयमा याजिदी धार्मिक अल्पसङ्ख्यक समूहद्वारा नियन्त्रणमा धेरै महिला तथा बालबालिका नियन्त्रणमा लिइएको थियो । उनीहरुलाई प्राय यौनजन्य गतिविधिमा प्रयोग गरिएको राष्ट्रसङ्घले जनाएको छ । त्यस्तै आईएसमा जर्बजस्ती लगाइएका कैयौँ बालसेनालाई इराकको पश्चिमी अनवर प्रान्तमा सरकार र विद्रोहीबीच भएका भिडन्तबाट त्रसित भई भाग्ने प्रयास गर्दा विद्रोही पक्षद्वारा हत्या गरिएको पनि राष्ट्रसङ्घको प्रतिवेदनले देखाएको छ । संयुक्त राष्ट्रसङ्घले इराकमा सामान्य नागरिकको द्वन्द्वमा भएको मृत्यु सङ्ख्यालाई अत्यधिक डरलाग्दो घटना बताएको छ । इराकमा आतङ्कवादी गतिविधिमा संलग्न आईएस समूहले सामान्य नागरिकलाई अपहरणपश्चात विविध तर निर्मम तरिकाले हत्या गर्ने गरेको राष्ट्रसङ्घको दाबी छ । प्रतिवेदनमा जनाइएअनुसार आईएसले विरोधीलाई नियन्त्रणपश्चात सार्वजनिक स्थलमा टाउको काटी, डोजरले पेलेर, जीउँदै जलाई, अग्ला भवनबाट खसाल्ने लगायत विभत्स तरिकाले हत्या गर्ने गरेको प्रतिवेदनमा बताइएको छ । यस्ता प्रकृतिका सजायलाई मानवअधिकार कानुन वा मानवीय कानुनविपरित हुने प्राय आईएस समूहद्वारा गरिने घटना विश्वका अन्य देशको तुलनामा इराकमा अझ विभत्स रहने गरेको प्रतिवेदनले जनाएको छ । राष्ट्र्सङ्घको प्रतिवेदनमा इराकी सुरक्षा कारबाही आईएस गवितिधि नियन्त्रण गर्ने कुरामा सफल देखिए पनि उक्त समूहद्वारा लुकिछिपी वा आफ्नो प्रभाव क्षेत्रमा अझै पूर्ण नियन्त्रणमा नआएको तथ्याङ्कमा जनाइएको छ । पछिल्ला महिनाहरुमा इराकी पश्च्मिी सहर रमादीमा गतिविधि सञ्चालन गर्ने आईएस समूहमा आवद्ध विद्रोहीविरुद्धको कारबाहीपश्चात उनीहरुलाई सीमित क्षेत्रमा समेट्न सुरक्षाफौज सफल भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप