बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बसको ठक्करबाट दाङमा एकको मृत्यु

बुधबार, ०६ माघ २०७२, १६ : ४३
बुधबार, ०६ माघ २०७२

दाङ–आज यहाँ भएको एक सवारी दुर्घटनामा एक व्यक्तिको मुत्यु भएको छ ।

घोराही–तुलसीपुर सडकखण्डको मानपुर–९ फोटिनाइनचोक नजिकै आज ना ५ ख ९७३ नम्बरको बसको ठक्करबाट सल्यान–९ सिवरथ निवासी ५० वर्षीय पदम बुढाथोकीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

नेपालगन्जबाट घोराहीतर्फ जाँदै गरेको बसको ठक्करबाट बुढाथोकीको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिएका छन् । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा छन् । मृतक बुढाथोकीको शव राप्ती अञ्चल अस्पताल तुलसीपुरमा परीक्षणका लागि लगिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप