मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

शुक्रबार, १५ माघ २०७२, १५ : ५७
शुक्रबार, १५ माघ २०७२

मुस्ताङ - पदयात्राका लागि विश्वप्रसिद्ध राउन्ड अन्नपूर्ण पदमार्गमा सन् २०१५ मा ३८ प्रतिशत पर्यटक घटेका छन् । मुस्ताङ, मनाङ, म्याग्दी, कास्की र लमजुङमा फैलिएको अन्नपूर्ण पदमार्गमा पदयात्राका लागि विश्वभरबाट पर्यटक आउने गरेका छन् । भूकम्प, आन्दोलन, नाकाबन्दी र प्रतिकूल मौसमका कारण पदमार्गमा आउने पर्यटकको सङ्ख्या घटेको अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)ले जनाएको छ । सन् २०१५ मा गत वर्ष एक लाख ३० हजार पर्यटक भित्रिएको एक्याप जोमसोमका पर्यटन सहायक बेलबहादुर पुनले जानकारी दिनुभयो । सबैभन्दा बढी ६ हजार ५२१ चिनियाँ, चार हजार ९७२ जर्मन, चार हजार ८३८ फ्रान्सेली, आठ हजार ४०० भारतीय, चार हजार ५२६ अमेरिकी, चार हजार ५१३ कोरियाली, चार हजार २२१ बेलायती, तीन हजार २२५ अस्ट्रेलियन र ८८६ इजरायली पर्यटक भ्रमणमा आएका थिए । एक्यापका अनुसार विगतमा १४ दिन लाग्ने राउन्ड पदमार्गका विभिन्न स्थानमा सडक सञ्जालको विस्तार भएका कारण अहिले नौदेखि १० दिनमा झरेको छ । पर्यटक घटेपछि यस क्षेत्रका पर्यटन व्यवसायी मारमा परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विधान श्रेष्ठ
विधान श्रेष्ठ
लेखकबाट थप