मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

संरक्षणको पर्खाइमा सुदूरका तालहरु

आइतबार, १७ माघ २०७२, १३ : २७
आइतबार, १७ माघ २०७२

डडेल्धुरा–संरक्षणको अभावमा डडेल्धुरा लगायतका सुदूरपश्चिम क्षेत्रमा रहेका मनोहर तालहरु लोपहुने अवस्थामा गुगेका छन् । स्थानीयले तालसंरक्षणका लागि पटक–पटक पहल गरेपनि सरकारी योजनाबाट बजेट विनियोजन नहुदा अधिकांश तालहरु पुरीने अवस्थामा पुगेका छन् । स्थानीय स्तरवाट ताल संरक्षणकालागि समिति गठन गरि पहल गरेको भएपनि सरकारी उदासिनताका कारणले संरक्षण गर्न नसकिएको आलिताल गाविसका अगुवा अमर बुढामगरले जानकारी दिए । डडेल्धुरा जिल्लाको भित्री मदेश क्षेत्रमा रहेको आलितालको ७ बर्षीय रणनीतीक योजना बनेपनि स्थानीयको पहलमा श्रमदानमा ३ किलोमिटर ताल सम्म पुग्ने बाटो बाहेक कुानै काम हुन सकेनन् अलितालका स्थानीय भरत खड्काले जानकारी दिए । ताल संरक्षणमा कसैल चासो नदेखाउदा अहिले आलितालको चारै तिर बाट पुरिन थालेको उनले बताए । योजना सहित दर्जनौ पटक जिल्ला विकास समितिमा आग्रह गर्दा पनि सहयोग पाउन नसकेको आलिताल पर्यटन विकास बोर्डका पदाधिकारीहरु बताउँछन् । आलिताल डडेल्धुरा जिल्लाको सवै भँदा ठूलो ताल हो । स्थानीय अगुवा तुलाराम बोहराले आलिताको डकुमेन्ट्री बनाएर सहयोगका लागि आग्रह गरिए पनि सुनुवनई नभएको बताए । डडेल्धुराको आर्काे ठुलो नाईल तालको समयमै संरक्षण नहुदा पछिल्लो समयमै संरक्षण नहुदा पछिल्लो समयमा अतित्वनैे सखाप भएको स्थानीय पत्रकार प्रकाश पार्कीले जानकारी दिए । डडेल्धुरामा र कन्चनपुरको सिमा क्षेत्रमा रहेका बेतकोट ताल ,भिलमिला ताल,डडेल्धुरा डोटी सिमामा पर्ने छतिवन ताल अछाम जिल्लामा रहेको रामारोसन ताल र बझाङ्ग जिल्लामा र दार्चुलाको सिमानामा पर्ने सुर्मासरोवर अहिले संरक्षणको अभावमा तालका अकार घट्न थाले प्रति स्थानीय अगुवाहरुले चिन्ता जाहेर गरेका छन् । सुदूरपश्चिमका चर्चित घोडाघोडी ताल देखि शुक्लफाँटा अरक्ष भित्र रहेको रानी ताल खप्तड राष्ट्रिय निकुञ्ज भित्र रहेको खप्तड दह लगायतका अधिकांश तालतलैयाहरु पुरनि थालेको स्थानीय बताउछन् । सुदूरपश्चिममा रहेक मनोहक र रमणीय तालहरुको संरक्षण गरि पर्यटन प्रर्वद्धन गर्ने हो भने यहाँका यूवाहरु विदेश पलायन हुने अवस्था नआउने डडेल्धुरा उद्योग वाणिज्य संघका महासचिव भोजराज भट्टले बताए । ब्यवस्थीतरुपमा स्थानीय तालहरुको संरक्षणगरी पर्यटन विकासमा जोड दिने हो भने यहाँका यूवाहरुको रोजगारीको अवसर जुट्ने उनले बताए । यस क्षेत्रका तालहरुको क्षेत्रमा सडक विस्तार भईसकेकाले सडकबाट १५ मिनेट देखि ३ घण्टा सम्म पैदल दुरीमा पर्दछन् । ताल संरक्षणका लागि जिल्ला विकास समिति कार्यालय डडेल्धुराले कुनैपनि कार्यक्रम कार्यन्वयन नगरि रहेको स्थानीय विकास अधिकारी ज्ञानराज पाण्डेयले जानकारी दिए । सुदूरपश्चिम क्षेत्रका तालहरुको संरक्षण सम्वद्र्धन गर्दै पर्यटक प्रवद्र्धनमा कामगर्ने सरकारी तथा गैर सरकारी निकायहरुको आफलाई थाहा नभएको उनले बताए । उनले स्थानीय स्तरबाटै योजना तर्जुमा गरि ताल संरक्षणमा कार्यक्रम आएमा जिल्ला विकास समितिले सहयो गर्ने सक्ने जानकारी दिए उनले पर्यटन बोर्ड र अन्य सरोकारवालालाई ताल संरक्षणका लागि पहल गर्न आग्रह गरिने बताए । प्रचुर पर्यटनको सम्भावना बोकेको सुदूरपिश्चमका पर्यटकी स्थल ताल,धार्मीक स्थाल र सुदूरुपश्चिम क्षेको दार्चुलाममाा पर्ने अपी हिमाल र बझाङ्ग जिल्लामा पर्ने साईपाल हिमाल समेत ओझ्ेलमा परेका देखिन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप