बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

दोलखा कांग्रेसमा युवा प्रतिनिधिहरुको हाबी

सोमबार, १८ माघ २०७२, १७ : ४५
सोमबार, १८ माघ २०७२

चरीकोट–नेपाली कांग्रेसको गाउँ अधिवेशनबाट ५५ प्रतिशत मात्रामा युवा प्रतिनिधिहरु विजयी भएका छन् । शुक्रबारदेखि आइतबारसम्म जारी रहेको गाउँ अधिवेशनबाट जिल्ला भरबाट करिब ५५ प्रतिशत युवाहरु प्रतिनिधिको रुपमा विजयी भएको र गाउँ सभापतिमा पनि युवाहरु नै बढि मात्रामा आएको नेपाली कांग्रेस दोलखाले जनाएको छ ।

देउवा पक्षभन्दा संस्थापन पक्ष बलियो रहेको दोलखाको गाउँ–गाउँमा भने बढि मात्रामा संस्थापन भित्रकै गुट–उपगुटमा प्रतिनिधि तानातान भएको थियो । जिल्लामा तीन धार देखिएपछि गाँउमा पनि प्रष्ट रुपमा विभाजन भएको थियो । जिल्लामा सभापतिको घोषणा गरिसकेका नेपाल तामाङ सघंका महासचिव बर्मा लामा, नेपाल तरुण दलका पूर्व केन्द्रीय सचिव ईश्वर मानन्धर र जिल्ला विकास समिति दोलखाका पूर्व–सभापति रुद्र बहादुर खड्काले गाउँ–गाउँमै प्यानलगत रुपमा भोट माग्दै आएका थिए ।

यस्तै नेपाल विद्यार्थी सघंका पूर्व केन्द्रीय कोषाअध्यक्ष कुन्दनराज काफ्लेले पनि युवाहरुको प्रतिनिधित्वको आधारमा सभापति घोषणाा गर्ने तयारीमा रहेको उनि निकट नेता कुमार भुजेलले बताएका छन् ।

सुनखानी गाविस र पवटी गाविसमा भने सनिबार मतदान भएको थियो । त्यस बाहेक अन्य गाविसमा भने शान्तिपूर्ण रुपमा अधिवेशन सम्पन्न भएको नेपाली काग्रेस दोलखाका सचिब सन्तोष रिमालले जानकारी दिए । काग्रेस दोलखाले दिएको जानकारी अनुसार ५० प्रतिशत गाउँ विकास समितिमा पनि युवा सभापतिहरु आएका छन् ।

झुले गाविसमा दुई युवा पक्ष विच निर्बाचन भएको थियो भने गैरीमुदी,जफे,लापिलाङ ,मिर्गे लगाएतका गाविसमा युवाहरुले नेतृत्व लिएको वताइएको छ । यस्तै अधिवेशन बाट क्षेत्र नम्वर १ मा बर्मा लामा बलियो देखिएका छन् भने क्षेत्र नम्वर २ मा इश्वर मानन्धर बलियो देखिएका छ्न भने खड्कालाई अमेरीकामा बसोबास गर्ने ग्रीनकार्ड वाला भएको भन्दै कार्यकर्ताहरु विच बाट कुरा उठ्न थालेको छ । उनी पार्टिमा जितेपछि पनि अमेरीकामा जान सक्ने भन्दै उनको विकल्पमा अन्य उम्मेद्धवारको खोजि गर्न लागिएको काग्रेस कार्यकर्ताहरुको भनाइ रहेको छ ।

शक्ति केन्द्रको रुपमा पूर्व केन्द्रिय सदस्य जीपछिरिङ लामा र बर्तमान सभापति ताराबहादुर कोइरालालाई लिइएको छ । उनिहरुले हाल सम्म कस्लाई सभापतिको रुपमा अगाडी बढाउने र कस्लाई समर्थन गर्ने भन्ने विचमा सहमति भइनसकेको जनाएको छ ।

यसै विच नेपाली काग्रेस दोलखाका बर्तमान उपसभापति कृष्णबहादुर खड्का भीमेश्वर नगरपालिका वडा नम्वर ११ बाटै प्रतिनिधिमा हार व्यहोरेका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप