बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

वीरगन्ज नाका सहज भएपछि ट्यांकर रक्सौल पठाइयो

शनिबार, २३ माघ २०७२, १० : ५५
शनिबार, २३ माघ २०७२

वीरगन्ज– सर्वसाधारणले वीरगन्ज नाका खोलाएपछि आज पहिलो पटक  इन्धन आयत गर्न वीरगन्ज नाकाबाट ट्यांकर रक्सौल पठाइएको छ । नेपाल आयल निगमले भारतीय आयल निगमका अधिकारीसँग कुराकानी गरेपछि  वीरगन्ज नाकाबाट ट्याँकर रक्सौल पठाइएको हो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नाका अवरोधलाई सर्वसाधारणले हटाएपछि भारत आयाल निगमको रक्सौल डिपोबाट इन्धन आयातका लागि नेपाल आयल निगमले वीरगन्जबाट ६० देखि ६२ वटा ट्याँकर रक्सौल डिपोमा पठाइएको नेपाल आयाल निगम वीरगन्ज वितरण केन्द्रले जनाएको छ ।

वीरगंज रक्सौल मितेरीपुलको अवरोध हटेपछि लामो समय देखी दशजग्गा क्षेत्रमा थन्किएको औद्योगिक कच्चा पदार्थ ओसार्ने काम विहानै देखि व्यपारीहरुले सुरु गरेका छन् । मधेस बन्दको क्रम्मा ढुवानीका साधन संचालनमा आन्दोलनकारीले रोक लगाएपछि विगत पाँच महिना भन्दा बढी समय सिमाक्षेत्रमा भण्डारण गरि राखिएको कच्चा पदार्थ नाकाको उद्योगहरुले ढुवानी गर्न लागेका हुन् । यसैबीच वीरगन्ज नाका सहज भएपछि भारतमा थन्किएको नयाँ वाहन नेपाल भित्रीने क्रम बढेको वीरगन्ज भन्सारले जनाएको छ ।

वीरगन्ज नाका खुलेपछि आज विहानै देखि वाहन नेपाल भित्रीने क्रम बढेको वीरगन्ज भन्सारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप