बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सिरहामा शिक्षकमाथि गोली प्रहार

शनिबार, २३ माघ २०७२, १५ : ४०
शनिबार, २३ माघ २०७२

सिरहा – सिरहामा एक शिक्षकमाथि गोली प्रहार भएको छ । सिरहा र धनुषा जिल्लाको सीमाक्षेत्रमा पर्ने कमलापुलमा आज बिहान अज्ञात समुहको गोली प्रहारबाट ब्रहरामाल गाविस ३ का ३५  वर्षीय राम सुगारथ महतो गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख श्याम ज्ञवालीले जानकारी दिए ।

पेट पाखुरा र कोखमा गरी तीन ओटा गोली लागेका उनलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । बन्दीपुरमा रहेको सहारा पाठशालका शिक्षक महतोमाथि पर्ताहामा भएको पेट्रोल पम्पबाट तेल भरेर फर्किँदै गर्दा कमलापुलमा गोली प्रहार भएको ज्ञवालीले बताए । प्रहरीले गोली प्रहार गर्नेको खोजी भइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप