बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

धनुषामा कांग्रेस नेताको हत्या

शनिबार, २३ माघ २०७२, १४ : २५
शनिबार, २३ माघ २०७२
जनकपुरधाम –अज्ञात समूहले नेपाली कांग्रेसका स्थानिय नेताको गोली प्रहार गरि हत्या गरेका छन् । गएराति धनुषा जिल्ला बालाबाखर–४ बैरियाका क्षेत्र नं १ का क्षेत्रीय प्रतिनिधि राजेन्द्र यादवलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो  । सांसद मोक्ता यादवका अनुसार ४५ वर्षीय राजेन्द्रलाई घाँटी, छाती र पेटमा गोली हानी हत्या गरिएको छ । वैवाहिक कार्यक्रममा सहभागी भएको बेला अज्ञात व्यक्तिले मोबाइलमा फोन गरी घर बोलाएकामा घर फर्किने क्रममा बाटोमा गोली हानी हत्या गरिएको सांसद यादवले बताए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप