बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

बाह्र मदरसा विद्यालय बन्द

शनिबार, २३ माघ २०७२, १२ : १५
शनिबार, २३ माघ २०७२

दमौली– आर्थिक वर्ष २०७१–०७२ मा तनहुँ जिल्लाभित्र रहेका १२ वटा मदरसा विद्यालय बन्द भएका छन् ।

दोहोरो विद्यार्थी भएकाले ती विद्यालय बन्द गरिएको जिल्ला शिक्षा कार्यालय तनहुँले जनाएको छ । बिहान मदरसामा पनि त्यही विद्यार्थी र दिउँसो सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थी पनि त्यही भएपछि ती मदरसा विद्यालय बन्द गरिएको हो ।

धार्मिक विद्यालयका नाममा सञ्चालित व्यास–११ को मुनस्टार, श्याम्घा गाविसको इस्लामिक, नुरानी उर्दु अरबी, किहुँको इम्दादिया र विस मिल्ला दारुल उलुम मदरसा बन्द गरिएको सहायक जिल्ला शिक्षा अधिकारी बाबुराम देवकोटाले बताए ।

त्यस्तै किहुँ गाविसको दारुल उलुम र इस्लामिक उर्दु अरेबी, दुलेगौडाको गुल्सन ए वरकात, सतिश्वाँरा गाविसको खोदावक्स इस्लामिक, थप्रेकको दारुल आलुम, भिमाद गाविसको गौशिया अर्लव कार्तिमा र सतिस्वाँरा गाविसकै इस्लाहुल मुस्लेमिन हनाफिया मदरसा बन्द गरिएको छ ।

ती विद्यालय बन्द भएसँगै प्रत्येक मदरसामा जाने रु एक लाख ६८ हजार अनुदानसमेत रोक्का भएको जानकारी सहायक जिशिअ देवकोटाले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप