बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राप्रपा र राप्रपा नेपाल समानान्तरबीच वार्ता, चाँडै एकता गर्न दुबै पक्ष सहमत

शनिबार, २३ माघ २०७२, १२ : ५८
शनिबार, २३ माघ २०७२

काठमाडौं– राप्रपा र राप्रपा नेपाल समानान्तर पार्टीबीच आज एकताको लागि वार्ता भएको छ । राप्रपाको केन्द्रीय कार्यालय चाबहिलमा भएको वार्तामा दुई पक्षबीच सौहार्दपूर्णरुपमा छलफल भएको राप्रपा नेपाल समानान्तर पार्टीका प्रवक्ता तथा वार्ता टोलीका सदस्य सगुन लावतीले जानकारी दिए ।

बैठकमा सहभागि अर्का नेताका अनुसार वार्ता पहिलो भएपनि निकै सकारात्मक भएको र चाँडाभन्दा चाँडो एकता गर्न दुबै पक्षले जोड दिएका छन् ।

त्यसको लागि एकसाताभित्रै अर्को चरणको वार्ता हुने र सो वार्तामार्फत एकताको लागि आवश्यक विषयमहरुमा छलफल गरेर निश्कर्षमा पुगिने ति नेताले बताए ।

राप्रपा र नेप्रपा समानान्तर दुबै पञ्चायतकालीन पृष्ठभूमिको पार्टी हो । दुबैको सिद्धान्त लगभग उस्तै भएकाले एकताको लागि कुनै समस्या नभएको र पदबारे कुरा मिले एकताको बाटो खुल्ने बताइन्छ । राप्रपाले वार्ताका लागि औपचारिक रुपमा पत्र पठाएसँगै समानान्तरले शुक्रबारको पार्टी बैठकबाट महामन्त्री श्याम तिमल्सिनाको संयोजकत्वमा वार्ता टोलीको गठन गरेको थियो । यस्तै राप्रपाले भने यसअघि नै कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा सात सदस्यीय वार्ता टोली गठन गरिसकेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप