बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सेभ हाउस नहुँदा समस्या

शनिबार, २३ माघ २०७२, १३ : ०७
शनिबार, २३ माघ २०७२
बैतडी– सेभ हाउस अर्थात् सेवा केन्द्र नहुँदा दार्चुलामा हिंसा तथा लैङ्गिक हिंसामा परेका महिलालाई राख्न समस्या हुने गरेको छ । हिंसामा परेका महिला न्यायको लागि ग्रामीण भेगबाट सदमुकाममा आउने र सदरमुकाममा सेभ हाउस नहुँदा समस्या हुने गरेको प्रमुख नायब उपरीक्षक सुशीलसिंह राठौरको भनाइ छ । जिल्ला प्रहरी कार्यालय दार्चुलामा अभियुक्तका लागि हिरासत भए पनि पीडितलाई राख्न नमिल्ने भन्दै उहाँले कहिलेकाहीँ जिल्ला अस्पतालमा भर्ना गर्नुपरेको समेत बताए । पीडित महिलाले जिल्लामा लामो अवधिसम्म बस्नुपर्ने तथा उनीहरूसँग आर्थिक अभाव हुने भएकाले उनीहरूलाई लैङ्गिक हिंसा निवारण कोषबाट आर्थिक सहयोग गर्ने गरेको महिला तथा बालबालिका कार्यालय दार्चुलाका महिला विकास अधिकृत विष्णुमाँया पौडेलले बताइन् । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप