बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम विश्वविद्यालयको मानविकी सङ्कायको डिनमा डा बोहरा

शनिबार, २३ माघ २०७२, १३ : ११
शनिबार, २३ माघ २०७२

कञ्चनपुर, माघ २३– सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको मानविकी सङ्कायको डिनमा प्राडा चन्दनसिंह बोहरा नियुक्त भएका छन् ।

विगत २३ वर्षदेखि सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरमा अङ्ग्रेजी विषयमा प्राध्यापन गराउँदै आएको प्रा बोहराले अङ्ग्रेजी विषयमा विद्यावारिधिसमेत गरेका छन् ।

यसैगरी सिद्धनाथ बहुमुखी क्याम्पसका प्राध्यापक भास्करदत्त जोशी सोही विश्वविद्यालयको परीक्षा नियन्त्रकमा नियुक्त भएका छन् ।

प्राध्यापक जोशी क्याम्पसका भूगोल विषयका प्राध्यापक छन् । उनले क्याम्पसमा २४ वर्षदेखि प्राध्यापनको कार्य गर्दै आएका छन् । शुक्रबार नियुक्त भएका मानविकी सङ्कायका डिन बोहरा र परीक्षा नियन्त्रक जोशीले आइतबारदेखि विश्वविद्यालयमा कार्यभार ग्रहण गर्ने बताइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ओम शर्मा
ओम शर्मा
लेखकबाट थप